काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव २९ अंकले बढेर २,९५७ को विन्दुमा कायम भएको छ । आज १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ ।
आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज शेयर बजार ३४ अंकले वढ्यो