सिद्धार्थ प्रिमियर इन्सुरेन्सको नाफा ८२.५२ प्रतिशतले बढ्यो,

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ८२.५२ प्रतिशतले बढेर ६९ करोड २३ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जनका साथै कमिसन आम्दानी र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

कमिसन आम्दानी २६.२३ प्रतिशतले बढेर ४६ करोड ६६ लाख ८८ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन ७८.१२ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड ६३ लाख ७६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी ३९.६६ प्रतिशतले बढेर ६९ करोड ३९ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

यस कम्पनिको चुक्ता पुँजी असार मसान्तसम्म आइपुग्दा २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ रहेको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ १५ पैसाले बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५ पैसा रहेको छ ।

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको नाफा ८२.५२ प्रतिशतले बढ्यो,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top