छिमेक लघुवित्तको नाफा घट्यो,

काठमाडौं : छिमेक लघुवित्तको नाफा सामान्य घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५.७४ प्रतिशतले घटेर १ अर्ब ९ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको तथा इम्पेयरमेन्ट चार्ज बढेको कारण खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी १.१४ पतिशतले घटेर २ अर्ब ८२ करोड ९ लाख २६ हजार रुपैयाँमा आएको छ । त्यस्तै, सञ्चालन नाफा ९.०९ प्रतिशतले घटेर १ अर्ब ४० करेड १७ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ । यता, इम्पेयरमेन्ट चार्ज २१.०१ प्रतिशतले बढेर ४१ करोड १४ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसाले घटेर ३३ रुपैयाँ ६२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ १५ पैसा छ । वितरणयोग्य नाफा भने १८.३३ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ५९ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

छिमेक लघुवित्तको नाफा घट्यो,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top