जुनेली मिडिया
काठमाडौं : डिप्रोक्स लघुवित्तको प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३३१.९१ प्रतिशतले बढेर ५८ करोड १६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ४६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
योअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा इम्पेयरमेन्ट चार्ज रिभर्स भएको कारण खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी २४.०६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड १ लाख ११ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा पनि २४१.५९ प्रतिशतले बढेर ९२ करोड ७६ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँ छ । इम्पेयरमेन्ट चार्ज ९ करोड ८७ लाख १३ हजार रुपैयाँ रिभर्स भएको छ । वितरणयोग्य नाफा ४० करोड ९४ लाख १५ हजार रुपैयाँ छ । यसबाट यस कम्पनीले २४ लाभांश वितरण गर्न सक्छ । यस सस्थाको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ०९ पैसा छ ।