पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन् । पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमाडौँमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठुला केही सहकारी बदनाम र सङ्कटग्रस्त हुन गएको उनले बताएका हुन् ।
सहकारी संस्थाहरू बदनाम र सङ्कटग्रस्त नभएको जिकिर समेत अध्यक्ष ओलीले गरे । नियममा बसेर सहकारीहरू अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत उनले बताए ।
ठगहरुले सहकारी बदनाम र समस्याग्रस्त बनाए: केपी ओली ।