कैलाश सिरोहिया हाजिर जमानीमा रिहा

काठमाडौं :

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा हाजिर जमानीमा भएका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिरोहियालाई रिहा गरेको हो।

अदालतबाट ३ पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको सिरोहियाका वकिल रमन कर्णले बताए।

सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले उनलाई पक्राउ गरी धनुषा पुर्‍याएको थियो।

कैलाश सिरोहिया हाजिर जमानीमा रिहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top