क्यानडासँगको अभ्यास खेलमा नेपाल ६३ रनले पराजित

आईसीसी पुरुष ट्वान्टी २० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ । डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा १ सय ८४ रनको लक्ष्य लिएर आएको नेपाल १९.३ ओभरमा १ सय २० रनमै अलआउट भयो ।

नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । १९ औं ओभरमा आउट हुनु पूर्व उनले ३० बल खेली समान २ चौका र छक्का प्रहार गरे । ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौकासहित १० र आसिफ शेख २२ बल खेली ३ चौका प्रहार गरि २२ रनमा आउट भए ।

क्यानडासँगको अभ्यास खेलमा नेपाल ६३ रनले पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top