कपिलवस्तु
कापिलवस्तुमा गर्मी अत्यधिक बढ्दै गएपछि कपिलवस्तु नगरपालिकाले ३ दिनका लागि विद्यालय बन्द गरेको छ।
गर्मी ह्वात्तै बढेपछि जिल्लाका अन्य स्थानीय तहमा पनि विद्यालय बन्द गर्नेबारे छलफल चलेको छ। कपिलवस्तु नगरपालिका नगर शिक्षा समितिले जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गर्ने भन्दै सूचना जारी गरेको छ।
कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले गर्मी निरन्तर बढ्दै गएपछि पठनपाठनमा समस्या आएकाले विद्यालय ३ दिन बिदा दिइएको बताए ।
कपिलवस्तु नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र रामनगरका अनुसार एक सातायता जिल्लाको तापक्रम ४० डिग्री सल्सियस पुगेको छ। आइतबार सदरमुकाम तौलिहवाका तापक्रम ४१.५ रहेको थियो।
ह्वात्तै गर्मी बढेपछि विद्यालय ३ दिन बन्द