खेलकुदमा समेत अमेरिकि साम्राज्यवादको हस्तक्षेप, सन्दीप लामिछानेको भिसा पुन: रिजेक्ट

अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा पुन: रिजेक्ट भएको छ ।

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए । उनले दिएको आवेदन दूतावासले यही जेठ ९ गते अस्वीकार गरेको थियो । तर, भिसा ‘रिजेक्ट’ भएपछि दूतावासमाथि दबाब दिन उनले बारम्बार परराष्ट्रमन्त्रीदेखि मन्त्रालयका कर्मचारीलाई फोन गर्ने गरेका थिए ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

यसअघि सन् २०१९ अगष्टमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले अमेरिकाले भिसा नदिएको कुरा सामाजिक सञ्जालमा राखेपछि अमेरिकी दूतावासले उनलाई पुनः बोलाइ भिसा दिएको थियो ।

खेलकुदमा समेत अमेरिकि साम्राज्यवादको हस्तक्षेप, सन्दीप लामिछानेको भिसा पुन: रिजेक्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top