काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा कांग्रेसले असभ्य व्यवहार गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बिहीवारको प्रतिनिधिसभा बैठकमा देखाएको व्यवहार असभ्य भएको ओलीको भनाइ छ।
बिहीवारको संसद बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ ।
कांग्रेसले संसद्मा देखाएको व्यवहार असभ्य:- केपी ओली