प्रधानमन्त्री प्रचण्डलाई चौथो पटक विश्वासको मत प्राप्त, विपक्षमा शून्य मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

काँग्रेससहितका विपक्ष दलहरूको वेल घेराउ गर्दै नाराबाजी सुरु गरेको थियो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने अवधिभर उनीहरूको नाराबाजी जारी रह्यो । उनीहरूले विश्वासको मतका लागि गरिएको मत विभाजनमा बहिष्कार गरे ।

अवरोधका बिच १५८ जना सांसदहरू उपस्थित भएकोमा १५७ जना सांसदले प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरूको सङ्ख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गरे । यता विपक्षहरूले मत नहालेकाले सो प्रस्तावको विपक्षमा शून्य मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई चौथो पटक विश्वासको मत प्राप्त, विपक्षमा शून्य मत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top