न्युयोर्क । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा इजरायल- प्यालेस्टिन युद्धविरामको माग गर्ने प्रस्तावमा भारत मतदान गर्नबाट अलग रह्यो । शुक्रबार भएको मतदानमा २८ देशले पक्षमा मतदान गरे भने भारतसहित १३ देशले भाग लिएनन् ।अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे ।परिषदले ५ वटा प्रस्ताव पारित गरेको छ । यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने प्रस्ताव पनि समावेश छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, ‘छ महिनादेखि सेनाले गाजामा निरन्तर मृत्यु र विनाश गरिरहेको छ। खाना र पानी नहुँदा बालबालिका मरिरहेका छन् । प्यालेस्टिनी जनताको सामूहिक दण्डलाई कुनै पनि हिसाबले न्यायोचित मान्न सकिँदैन।’
एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको लागि निरन्तर अपिल गर्दै आएका छन् र गाजाका सम्पूर्ण जनसङ्ख्या भोकमरीको विन्दुमा पुग्ने चेतावनी दिइरहेका छन्। राष्ट्रसंघका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म एक लाखभन्दा बढी प्यालेस्टाइनी मारिएका वा घाइते भएका छन् जसमध्ये एक तिहाइ बालबालिका छन्।