Spread the love
Spread the love
अमिषा पराजुलीको अभिव्यक्तिबारे साइबर ब्युरोद्वारा स्पष्टीकरण, आमाले मागिन् क्षमा
Spread the love

​जेन जेड राजनीतिकर्मी अमिषा पराजुलीले प्रहरी प्रशासनमाथि लगाएको आरोपका सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरो(Nepal Police Cyber Bureau)ले स्पष्टीकरण प्रक्रिया अघि बढाएको छ। एक सार्वजनिक कार्यक्रममा अमिषाले उजुरी दिन जाँदा आफूले अपमानजनक व्यवहार सामना गर्नु परेको दाबी गरेकी थिइन्।​

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि ब्युरोले यसबारे बुझ्न उनकी आमासँग छलफल गरेको थियो। प्रहरीका अनुसार छलफलका क्रममा अमिषाकी आमाले प्रहरी कर्मचारीहरूबाट कुनै पनि आपत्तिजनक शब्द प्रयोग नभएको स्पष्ट पारेकी छन्। साथै, छोरीको बयानले प्रहरी संगठनको छविमा आँच पुर्‍याएको भन्दै उनले लिखित रूपमै क्षमासमेत मागेकी छन्।