काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ।
यसअघि मंगलबार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि केन्द्रित रहेर छलफल भएको थियो। उक्त छलफलमा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएको थियो।
उक्त प्रस्तावमाथि गत सोमबारदेखि सदनमा निरन्तर छलफल चलिरहेको छ। अर्थमन्त्री डा. वाग्लेले गत वैशाख ३१ गतेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो।
