काठमाडौं ।रास्वपाका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई १/ २ लाख इनाम दिने घोषणा गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अर्यालले भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, हाम्रो नयाँ कृषि सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें ।’
उनले आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे ।
रास्वपाका उप सभापतीको अफर:- सहकारीमा डुबेको पैसा उठाइदिनेलाई अलिकति दिन्छु