काठमाडौं – त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । अव मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो ।
काठमाडौं – आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली नामिबियामाथि युएईले १ विकेटको कीर्तिमानी जित हात पारेको छ । युएईले आफ्नोे ओडीआई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै युएईले लिग-२ मा पहिलो जित निकालेको हो । ३१४ रनको विशाल लक्ष्य पाएको युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । युएईको ओडीआईमा यसअघि उच्च लक्ष्य पूरा […]
काठमाडौं – नेपाली क्रिकेट टोलीका युवा अलराउण्डर गुलशन झा ओडीआईमा एकै खेलमा ५ विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपाल ओमानसँग १ विकेटले पराजित भएपनि नेपालका गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । नेपालबाट यसअघि ओडीआईमा एकै खेलमा ५ वा त्यो भन्दामाथि विकेट लिनेमा सन्दीप […]
काठमाण्डाै पेनाल्टी शुटआउटमा भुटानलाई हराउँदै नेपाल २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ । लतिपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा आज भएकाे पहिलाे सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । यसअघि खेलकाे ५६ औं मिनेटमा भुटानका जितसुनले गाेल गर्दै […]
काठमाडौँ । विश्व विजेता अर्जेन्टिना क्यानडालाई हराउँदै कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना क्यानाडाविरुद्ध २–० को जित निकाल्दै उपाधि निकट पुगेको हो । अमेरिकाको न्यु जर्सीमा भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा विश्व चर्चित खेलाडी […]
काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ को उपाधी भारतले जितेको छ । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिकाले फाइनलमा ईतिहास रच्नवाट चुक्यो भारतका ब्याटर विराट कोहलीले ५९ बलमा ६ चौका र २ […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा आज दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार खेल आज साँझ ८ : १५ मा बार्बाडोसमा सुरु हुनेछ । भारतले सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । […]
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ चरणको शनिबार राति खेलिएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ । लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना भने लगभग सकिएको छ । बंगलादेश र भारत ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलबाट चार अंक बटुलेको भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका ३ प्रभावशाली खेलाडीले क्यानडाको फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका हुन् । क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने एउटै टोली भ्यानकुभर नाइट्समा […]
५ असार, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ ।