दक्षिण अफ्रिकाले फाइनलमा भारतलाई हराएर ईतिहास रच्नवाट चुक्यो

काठमाडौं –

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधी भारतले जितेको छ । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिकाले फाइनलमा ईतिहास रच्नवाट चुक्यो

भारतका ब्याटर विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । अक्षर पटेल ३१ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४७ रन बनाए भने अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन।

दक्षिण अफ्रिकाका हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए , ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

दक्षिण अफ्रिकाले फाइनलमा भारतलाई हराएर ईतिहास रच्नवाट चुक्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top