Spread the love
Spread the love
उद्दार र सरसफाईमा वाईसिएलको सक्रियता
#ycl
Spread the love

काठमाडौँ — हालैको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट जनधनको ठूलो क्षति भएपछि वाईसिएल नेपालले उद्धार र सरसफाइ अभियान सञ्चालन गरेको छ।

काठमाडौँको बल्खु लगायत बाढीपहिरोग्रस्त धेरै ठाउँहरूमा वाईसिएलका कार्यकर्ताहरू सक्रिय भएर डुबानमा परेका घरहरूको फोहोर पानी हटाउने, सरसफाइ गर्ने र क्षतिग्रस्त सामग्री सुरक्षित गर्न सहयोग गरिरहेका छन्।

वाईसिएल नेपालका अध्यक्ष पुष्प ओलीको नेतृत्वमा देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरिएको संगठनले जनाएको छ।

यस्ता अभियानले देशमा विपद्को कठिन घडीमा युवाहरूको सामाजिक उत्तरदायित्व र सहानुभूतिपूर्ण योगदानलाई उजागर गरेको छ।