Spread the love
Spread the love
जिम्बावे र नामिबिया टी–२० विश्वकपमा स्थान बनाउन सफल
#cricket
Spread the love

नामिबिया र जिम्बावे २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउन सफल भएका छन्। अफ्रिका महादेशीय छनोट प्रतियोगिताको सेमिफाइनलमा बुधबार विजय हासिल गर्दै उनीहरूले आफ्नो विश्वकप यात्रा सुनिश्चित गरेका हुन्।



सेमिफाइनलमा जिम्बावेले केन्यालाई पराजित गर्‍यो त्यस्तै नामिबियाले तान्जानियामाथि जीत दर्ता गर्दै टिकट कटायो। स्मरणीय छ, २०२४ को टी–१० विश्वकपमा जिम्बावेलाई हराउँदै केन्या छनोट भएको थियो।

नामिबियाको यो लगातार चौथो विश्वकप हो। यसअघि उसले २०२१, २०२२ र २०२४ संस्करणमा पनि खेल्ने अवसर पाएको थियो। यसैबीच, अफ्रिकाबाट दक्षिण अफ्रिका भने आइसीसीको टी–२० र्‍याङ्किङकै आधारमा सिधैं विश्वकपका लागि छनोट भइसकेको छ।