Spread the love
Spread the love
विजया दशमीको टीका लगाउन उत्तम साइत बिहान ११:५३ बजे
टीका लगाउनुअघि देवी विसर्जन गर्ने परम्परा छ।
Spread the love

हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी, अर्थात् टीकाको दिन हो। यस दिनमा आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिने परम्परा रहिआएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ११:५३ बजे टीका लगाउन उत्तम साइत रहेको छ। टीका लगाउनुअघि देवी विसर्जन गर्ने परम्परा छ।

विजयादशमीलाई दुर्गापक्षको मुख्य दिनका रूपमा मनाइन्छ। यस दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका शुभताको प्रतीक र जमरा समृद्धिको प्रतीक लगाइन्छ। नौ दिनसम्म पूजाआराधना गरेर राखिएको प्रसाद आज मान्यजनमार्फत ग्रहण गर्ने चलन छ।

घटस्थापनादेखि पूजामा राखिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको दिन टीका लगाउने प्रथा छ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्व आज दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा थापी हर्षोल्लासका साथ मनाइँदैछ। आज टीका लगाउन नसक्नेहरूले भने कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।