Spread the love
Spread the love
आज आश्विन शुक्ल अष्टमी, महागौरी देवीको पूजा आराधना गरिदै
.
Spread the love


काठमाडौं । आज आश्विन शुक्ल अष्टमीका अवसरमा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

वैदिक सनातनी परम्परा अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको पूजा गर्ने प्रचलन छ। तर, यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौं दिन पूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।

किंवदन्तीअनुसार महागौरी देवी पहिला कालो वर्णकी थिइन्। भगवान् शिवले ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेपछि देवीलाई मन परेन र उनले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरिन्। त्यसैबेलादेखि उनी महागौरी नामले चिनिन थालिन्। पुराणका अनुसार उनी सेतो वृषभमाथि सवार, उज्यालो वर्णकी र श्वेतवस्त्रधारी स्वरुपमा रहन्छिन्।

यसअघि घटस्थापनादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रि देवीको पूजाआराधना भइसकेको छ। आज महागौरीको पूजा सम्पन्न भएपछि भोली दसैंघर तथा पूजाकोठामा सिद्धिदात्री देवीको आह्वान गरी पूजा गरिनेछ।