Spread the love
Spread the love
विश्व विजेतालाई हराउदै नेपालले क्रिकेटमा रच्यो नयाँ इतिहास,
टेस्ट खेल्ने राष्ट्रविरुद्ध पहिलो पटक सिरिज जित्दै नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
Spread the love

नेपालले टी–२० क्रिकेटमा नयाँ इतिहास रचेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा वेष्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले तीन खेलको सिरिजमै अजेय बढत लिँदै सिरिज जितेको हो।

नेपालका लागि ब्याटिङतर्फ आसिफ शेख र सन्दीप जोराले अर्धशतक प्रहार गरे। बलिङतर्फ आदिल आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट हात पारे भने कुशल भुर्तेलले ३ विकेट लिन सफल भए। दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजबंशीले समान १/१ विकेट जोडे।

यसअघि भएको पहिलो खेलमा नेपालले वेष्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो। यससँगै नेपालले टेस्ट खेल्ने राष्ट्रविरुद्ध पहिलो पटक सिरिज जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

अब सिरिजको अन्तिम खेल बाँकी रहँदा नै नेपालले जित सुनिश्चित गरिसकेको छ। सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शन गरेको थियो।