नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा देखिएको वर्तमान राजनीतिक अस्थिरता र संकटका मुख्य जिम्मेवार एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्।
पार्टीको अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेपालले २०७४ सालको आम निर्वाचनपछि करिब दुईतिहाइ बहुमतसहित बनेको सरकारको नेतृत्व ओलीले गर्दा मुलुकले अपेक्षित परिणाम नपाएको बताए। उनका अनुसार त्यस्तो शक्तिशाली सरकारले आर्थिक–सामाजिक रूपान्तरणका गुरुयोजना बनाएर तीव्र गतिमा विकास निर्माणका काम अघि बढाउन सक्थ्यो तर केपी ओलीले निरंकुश शासन लादेको आरोप उनले लगाए।
नेपालले भने, “ओलीले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकारले गरेजति काम पनि गरेनन्। पार्टीको नीति र निर्देशनअनुसार सरकार चलाउनुपर्नेमा उनले नमानेर प्रतिनिधिसभा विघटन गर्ने जस्तो प्रतिगामी कदम चाले।”
उनको भनाइमा सोही विन्दुबाट मुलुक आन्तरिक विवाद, पार्टी विभाजन र राजनीतिक अस्थिरताको चक्रव्यूहमा फस्यो।
त्यससँगै सामाजिक सञ्जाललाई कानुनीरूपमा नियमन गर्ने पहल नगरी आदेशद्वारा बन्द गर्ने काम गरिएको उनले स्मरण गरे। उक्त कदमले जेन–जी पुस्तामा व्यापक आक्रोश पैदा गरेको भन्दै नेपालले भने, “त्यो आक्रोशलाई सम्बोधन गर्ने पहल नगरी उल्टै क्रुर दमन गरेपछि विध्वंस भइ जन–धनको ठूलो क्षति भयो।

