Spread the love
Spread the love
राजनीति कुनै एक पुस्ताको मात्रै स्वामित्व होइन : शंकर पोखरेल
जेनजी आन्दोलन पश्चात पोखरेलको धारणा
Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति र समाज व्यवस्था कुनै पनि एक पुस्ताको मात्रै स्वामित्व वा जिम्मेवारी नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै उनले भनेका छन्, पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजनको रूपमा हेर्छ। त्यसैले राजनीति र समाज व्यवस्थाको प्रश्न कुनै एक पुस्ताले मात्र तय गर्ने वा समाधान गर्ने कुरा होइन। यसमा सबै पुस्ताको भूमिका, अनुभव र सोच आवश्यक हुन्छ।

उनले समाजमा कुनै विशेष समयमा देखा पर्ने असन्तोष र विद्रोहलाई अस्वाभाविक नभई आफ्नो स्थानमा उचित ठहर गर्दै भनेका छन्, “समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। नयाँ पुस्ताको सोच र चाहनालाई आत्मसात गर्नु आवश्यक हुन्छ। तर त्यही नै समाज र राजनीतिको अबको एक मात्र बाटो हो भनेर भ्रमित हुनु भने हुँदैन।

पोखरेलका अनुसार पुराना पुस्ताको अनुभव, बीचका पुस्ताको परिपक्वता, र नयाँ पुस्ताको उत्साह एवं आकांक्षा मिलेर मात्रै समाज र राजनीति सन्तुलितरूपमा अघि बढ्न सक्छ। उनले जोड दिँदै भनेका छन्, सन्तुलन, सहकार्य र आपसी समझदारीकै आधारमा मात्र समाजले दीर्घकालीन स्थिरता र प्रगतिशीलता हासिल गर्न सक्छ।