Spread the love
Spread the love
रास्वपा सुदूरपश्चिम प्रदेशले माग्यो रवि लामिछानेको राजिनामा
Spread the love



काठमाण्डौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम समितिले पार्टी सभापति रवि लामिछानेलाई हालका पदीय भूमिकाबाट अलग हुन माग गरेको छ।

समितिको भनाइमा, सभापतिले उदारता देखाउँदै न्यायिक प्रक्रिया पूरा नहुन्जेलसम्म नेतृत्वबाट टाढा रहनुपर्ने देखिन्छ। त्यसपछि मात्र पार्टीको सर्वोच्चता सुरक्षित हुने भन्दै, वैकल्पिक धार वा व्यक्तिलाई अघि ल्याएर संस्थागत निरन्तरता कायम गर्नुपर्ने मत व्यक्त गरिएको छ।



सुदूरपश्चिम समितिको ६ असोजमा बसेको बैठकमा बनेका निष्कर्षमा भनिएको छ, नख्खु कारागारबाट सभापति रवि बाहिरिँदा चार लाखभन्दा बढी हस्ताक्षरकर्ताको भावनामा ठेस पुगेको छ। असार ७ देखि सुरु गरिएको हस्ताक्षर संकलनमा देश–विदेश मिलाएर करिब ४० लाख समर्थन जुटाएको दाबी पार्टीले गर्दै आएको थियो।

बैठकका निष्कर्ष प्रदेश महामन्त्री सन्तोषराज जोशीमार्फत केन्द्रमा पठाइएको छ। पत्रमा पटक–पटक नेतृत्वलाई दिइने अपरिपक्व सल्लाह र सहानुभूति देखाउने प्रयासले पार्टीले निराशाजनक अनुभव गर्नु परेको पनि उल्लेख गरिएको छ।