Spread the love
Spread the love
सिरहामा १५ वर्षीय बालकको अपहरणपछि ह*त्या
शव आधा जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
Spread the love

सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहा निवासी १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ। असोज ५ गते राति देखी बेपत्ता भएका उनी आज बिहान ६ बजे आफ्नै घर नजिकको एक विद्यालय गेटमा मृत अवस्थामा फेला परेका हुन्।

शव आधा जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। शरीरभर कुटपिटका गहिरा निसान देखिएका छन्। घटनाबारे प्रहरी अनुसन्धान भइरहेको छ।

परिवारले रातभर खोज्दा पनि नभेटेपछि असोज ५ गते राति नै प्रहरीमा उजुरी दिएका थिए। त्यसको भोलिपल्ट असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमालाई ५ करोड रुपैयाँ फिरौती मागिएको सन्देश आएको थियो।

अभिषेकको बुवा करिब सात वर्ष अघि करेण्ट लागेर निधन भएका थिए।  अभिषेक आमा, हजुरबुवा र हजुरआमासँगै बस्दै आएका थिए।