Spread the love
Spread the love
हामी फेरी उठनेछौं :एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल
..
Spread the love

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान चुनौतीहरूको सामना गर्दै एमाले फेरि उठ्ने दावी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले जेन–जी आन्दोलनका क्रममा कार्यालयमा भएको क्षतिले एमालेको मनोबल घट्न नसकेको बताए । उनका अनुसार कार्यालय खरानी भए पनि एमालेको इच्छाशक्ति अझ मजबुत बनेको छ ।

पोखरेलले पार्टीले विगतका कठिन परिस्थिति पार गर्दै आएको स्मरण गर्दै भने, “एमालेले कहिल्यै सहज वातावरणमा मात्र काम गरेको होइन, हरेक कालखण्डमा चुनौतीलाई टाउकोमा बोकेर अघि बढेको हो ।”

उनले हाल देखिएका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने दाबी गरे ।