काठमाण्डौ/ जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परेर घाइते भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारतर्फ उन्मुख रहेको छ। उहाँसँगै घाइते भएकी कांग्रेस नेतृ आरजु राणा देउवाको स्वास्थ्य पनि क्रमिक रूपमा सुधार भइरहेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीन विश्वकर्माले भने, “देउवाजीको टाउको पछाडि गम्भीर चोट लागेर करिब १२ वटा टाँका लगाउनुपरेको छ। त्यसभन्दा तल गर्धनमा पनि सामान्य चोट छ।”
उनका अनुसार देउवा हाल सामान्य कुरा गर्ने, साथीहरूसँग सम्पर्क राख्ने र सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्छ। तर उठ्दा अलिकति चक्कर आउने तथा लामो समय बोल्दा असजिलो हुने भएकाले चिकित्सकले अझै केही समय आराम गर्न सिफारिस गरेका छन्।

