Spread the love
Spread the love
शेयर वजारमा भिषण पहिरो,नयाँ सरकारलाई बजारले गरेन स्वागत,
नयाँ सरकारले पदभार ग्रहण गरेपछि भएको पहिलो कारोबार पनि हो, तर यो लगानीकर्ताका लागि सकारात्मक भन्दा बढी चिन्ताजनक सुरुवात बनेको छ।
Spread the love

जेनजी आन्दोलनका कारण केही दिन रोकिएको शेयर कारोबार बिहीबार खुले पनि लगानीकर्ताको कमजोर मनोबलका कारण बजार लगातार ओरालो लाग्दै अन्ततः बन्द भएको छ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो नेगेटिभ सर्किट बस्यो। २० मिनेटपछि फेरि खुल्दा एक मिनेटमै सूचक ५ प्रतिशतले तल झर्दै दोस्रो सर्किट लाग्यो र ४० मिनेटका लागि कारोबार रोकिन पुग्यो। त्यसपछि पनि बजारमा सुधार नआएपछि १२:०६ बजेसम्ममा नेप्से ६ प्रतिशत (१६०.३३ अंक) ले घट्दै २,५११.९१ विन्दुमा झर्‍यो र अन्ततः आजको दिनको सम्पूर्ण कारोबार स्थगित भयो।

नेप्से तथ्याङ्कअनुसार बिहीबार २२८ कम्पनीको मूल्य घट्यो भने १० कम्पनी मात्र उक्लिएका थिए। कुनै पनि कम्पनी अपरिवर्तित रहँदैन। सकारात्मक सर्किट पाउने कम्पनी १ मात्र भए पनि नकारात्मक सर्किटमा १८ कम्पनी पुगे।

आन्दोलनले देशभर मच्चाएको तोडफोड, व्यवसाय तथा लगानीकर्ताको सम्पत्तिमा परेको क्षतिको नतिजा सेयर बजारमा प्रस्ट देखिएको हो। होटल र बीमा क्षेत्रजस्ता सूचीकृत कम्पनीमा परेको प्रत्यक्ष नोक्सानीले बजारलाई थप दबाब दिएको छ।

आर्थिक विश्लेषकहरुले अहिलेको परिस्थितिलाई देशको समग्र अर्थतन्त्र र आगामी जीडीपी वृद्धिमै नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्। उनीहरुका अनुसार राजनीतिक अनिश्चितता र लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित नभएसम्म बजार अझै नेगेटिभ सर्किटतर्फै धकेलिन सक्ने खतरा छ।

बिहीबारको कारोबार नयाँ सरकारले पदभार ग्रहण गरेपछि भएको पहिलो कारोबार पनि हो, तर यो लगानीकर्ताका लागि सकारात्मक भन्दा बढी चिन्ताजनक सुरुवात बनेको छ।