Spread the love
Spread the love
दीपेन्द्रसिंह ऐरीको वरियता खस्कियो
क्रिकेटर दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा झरेका छन्।
Spread the love


काठमाण्डौ/ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० आई अलराउन्डर वरीयतामा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा झरेका छन्।

यसअघि तेस्रो स्थानमा रहेका दीपेन्द्रलाई जिम्बावेका सिकन्दर राजाले पछ्याउँदै उक्लिएका छन्। हाल नामिबियाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै आएका राजाको रेटिङ २१० पुगेको छ भने दीपेन्द्रको २०९ अंक छ।

अलराउन्डर वरीयताको शिखरमा भारतका हार्दिक पान्ड्या यथावत् छन्। दोस्रो स्थानमा अफगानिस्तानका खेलाडी छन् भने तेस्रोमा सिकन्दर राजा, चौथोमा दीपेन्द्रसिंह ऐरी र पाँचौँ स्थानमा वेस्ट इन्डिजका रोस्टन चेज छन्।

नेपालले तीन महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। सोही कारण ऐरीको स्थानमा सुधार नभएको विश्लेषण गरिएको छ।