Like this:

हर्क साम्पाङको बालेनप्रति कटाक्ष : देश जलाएर लुकेर बस्नेले अब पार्टी खोल्ने रे!
वालेन हर्क घोचपेच उत्कर्षमा

काठमाण्डौ/ धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा व्यंग्य गरेका छन्। बालेनले नयाँ राजनीतिक पार्टी खोल्ने तयारी गरिरहेको सन्दर्भमा साम्पाङले व्यंग्यात्मक लहजमा प्रश्न उठाएका छन्।

साम्पाङले फेसबुकमा लेखेका छन
"देश जलाएर आफैं लुकेर बस्नेले पार्टी खोल्ने रे 🤣 विदेशी एजेण्टले खोल्ने पार्टीमा आबद्ध हुने युवा कस्ता होलान्??? पार्टीको नाम चाहिँ 'राष्ट्रिय हूतिहारा अनाडी पार्टी' त होला नि!"

यद्यपि उनले बालेनको नाम सिधा उल्लेख गरेका छैनन्, तर पछिल्ला दिनमा बालेनले सार्वजनिक रूपमा व्यक्त गरेका राजनीतिक अभिव्यक्तिहरू र नयाँ पार्टी खोल्ने संकेतसँग यो टिप्पणी जोडिएको छ।

साम्पाङको यस्तो कटाक्षले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया बटुलिरहेको छ। समर्थकहरू उनकाे भनाइसँग सहमत देखिएका छन् भने केहीले यसलाई राजनीतिको नाममा व्यक्तिगत हमला भनेका छन्।

Like this: