Spread the love
Spread the love
जेन-जी आन्दोलनका सहिदको सम्झनामा स्मरण पार्क बनाउने
स्मरण पार्कको स्थान हाललाई निश्चित भइसकेको छैन,
Spread the love

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा विशेष स्मरण पार्क निर्माण गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले "जेनजी जागरण स्मरण पार्क" नामक पार्क बनाउन निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आन्दोलनमा जीवन गुमाउनुपरेका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भविष्यका पुस्तालाई लोकतान्त्रिक आन्दोलनको इतिहास सम्झाइराख्ने उद्देश्यले यस्तो निर्णय लिइएको हो। उनका अनुसार स्मरण पार्कको स्थान हाललाई निश्चित भइसकेको छैन, आगामी छलफलपछि उपयुक्त ठाउँ टुंगो लगाइनेछ।

सरकारले स्मरण पार्कलाई शान्ति, सहिष्णुता र एकताको प्रतीकका रूपमा विकास गर्ने योजना बनाएको जनाएको छ। यसमार्फत आन्दोलनमा बलिदान हुनेहरूको योगदानलाई सम्मान गर्दै समाजलाई प्रेरणा दिने वातावरण बनाउन खोजिएको बताइएको छ।

जेनजी आन्दोलनका क्रममा धेरै नागरिकले घाइते हुँदै उपचार पाइरहेका अवस्थामा सरकारको यो निर्णयले पीडित परिवारलाई केही हदसम्म मनोबल दिने अपेक्षा गरिएको छ।