Spread the love
Spread the love
शीतल निवासमा तीन मन्त्रीले शपथ ग्रहण, कुलमान घिसिङ उर्जामन्त्री
.
Spread the love

काठमाण्डौ/सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका साथै भौतिक योजना, यातायात र सहरी विकास मन्त्रालयको नेतृत्व गर्न नियुक्त कुलमान घिसिङ, र गृहमन्त्रीसँगै कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी सम्हाल्न पाएका ओम प्रकाश अर्याललाई शपथ गराएका हुन्।



पूर्वसचिवका रूपमा लामो समय प्रशासनिक अनुभव प्राप्त गरेका खनाललाई अर्थ मन्त्रालय दिइएको हो भने, नेपाल विद्युत प्राधिकरणमा काम गरेर चर्चित बनेका घिसिङलाई ऊर्जा र भौतिक पूर्वाधार क्षेत्र सुम्पिएको छ। त्यस्तै, कानुनी क्षेत्रमा सक्रिय रहँदै आएका अर्याललाई गृह र कानुन मन्त्रालयको दायित्व दिइएको छ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो