Spread the love
Spread the love
प्रधानमन्त्री बनाउने सुदन गुरुङको समूहलेनै माग्यो शुसिला कार्कीको राजिनामा
राजिनामा माग्दै बालुवाटारमा प्रदर्शन
Spread the love

जेन–जी आन्दोलनले ल्याएको राजनीतिक हलचलले मुलुकको सत्ता संरचनामा ठुलो परिवर्तन ल्याएको छ। आन्दोलनको चाप र जनदबाबका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको छ र सर्वोच्च अदालतकी पूर्वमुख्य न्यायाधीश रहिसकेकी सुशीला कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।



कार्की नेपालको इतिहासमा प्रधानमन्त्री बन्ने पहिलो महिला नेतृ बनेकी छन्,  उनले पदको शपथ ग्रहण गरेलगत्तै सरकारले प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरेको छ। अब आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने निर्णय सार्वजनिक गरिएको छ, जसले मुलुकलाई नयाँ जनादेशको दिशामा लैजाने अपेक्षा गरिएको छ।


यसबीच, अन्तरिम सरकार गठन प्रक्रियामा मन्त्रालयहरूको जिम्मेवारी अझै पूर्ण रूपमा टुंगो लागिसकेको छैन। प्रारम्भिक रूपमा केही मन्त्रीहरूको नाम तय भए पनि उनीहरूलाई थप मन्त्रालयको जिम्मेवारी समेत दिन सकिने चर्चा चलिरहेको छ। त्यसैले मन्त्रिपरिषद् विस्तार र कार्यविभाजनबारे अझै थप निर्णय हुने देखिएको छ।

विशेषज्ञहरूका अनुसार जेन–जी आन्दोलनले देखाएको राजनीतिक दबाबले पुरानो नेतृत्वलाई हटाएर नयाँ विकल्प खोज्ने वातावरण बनाएको हो। अब मुलुक स्थिरतासहितको निर्वाचनतर्फ अघि बढ्ने वा पुनः विवाद र अस्थिरता बढ्ने भन्ने प्रश्न भने अझै खुला नै छ।