Spread the love
Spread the love
असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने
असोज एक गते सार्बजनिक विदा
Spread the love

काठमाण्डौ/सरकारले आगामी असोज १ गतेलाई राष्ट्रिय शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली स्वरूप सो दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालका अनुसार, शोक दिवस मनाउने मात्र नभई आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन आयोग गठन गर्ने सैद्धान्तिक सहमति समेत बैठकले गरेको छ।

सरकारको निर्णयसँगै असोज १ गते देशभर विभिन्न कार्यक्रममार्फत जेनजी सहिदप्रति सम्मान प्रकट गरिने जनाएको छ।