Like this:

आन्दोलनका मृतक परिवारका लागि काठमाडौं महानगरको सहयोग सम्बन्धि जरुरी सूचना
सूचना शेयर गरिदिनुहोला...


काठमाडौं – हालैको जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाउने तथा घाइते हुने घटनाप्रति संवेदना व्यक्त गर्दै काठमाडौं महानगरपालिकाले प्रभावित परिवारलाई सहयोगका लागि विशेष व्यवस्था मिलाएको छ।

महानगरले अकालमा ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनदेखि अन्तिम संस्कारसम्मको सम्पूर्ण प्रक्रिया सहज बनाउन आवश्यक पहल गरेको छ। मृतकका परिवारलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था, र शवलाई घरसम्म पुर्‍याउन शववाहन उपलब्ध गराइने महानगरले जनाएको छ।

त्यसैगरी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई उपचारमा कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले महानगरले अस्पतालसम्मको समन्वय, औषधोपचारमा सहयोग, र उपचारपछि घर फर्किन यातायात सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। यसका लागि महानगरपालिकाले छुट्टै विशेष टोली पनि परिचालन गरेको छ।

महानगरका अनुसार, यो पहल मार्फत आन्दोलनमा संलग्न रहँदा विपत् भोग्नुपरेका परिवार र घाइतेहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

सहयोग आवश्यक परेमा तलका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छः

जगदीश अर्याल – ९८५४०४५७०२

विज्ञान घिमिरे – ९८५११३३९११

इश्वर वाग्ले – ९८४१२९७८६१




Like this: