काठमाण्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अहिलेको असामान्य परिस्थितिबाट संवैधानिक बाटोमार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्। हालै जारी विज्ञप्तिमा उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्ने सवालमा निरन्तर छलफल र पहल भइरहेको स्पष्ट पारेका छन्।
उनका अनुसार आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न सरकार र सम्बन्धित निकाय गम्भीर रूपमा लागिपरेको छ। उनले संयमता अपनाउँदै देशमा स्थिरता कायम गर्न सबैलाई आग्रह गरेका छन्।

जेन–जी आन्दोलन तीव्र बनेपछि शीतल निवास र बोहराटारस्थित उनको निजी आवाससमेत आक्रमणको निशानामा परेको थियो। अहिले राष्ट्रपतिको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
