Spread the love
Spread the love
भारतको कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले नेपालका GenZ आन्दोलनप्रति चिन्ता व्यक्त
Spread the love

काठमाडौं, २५ भदौ (सेप्टेम्बर १०, २०२५) – भारतको कम्युनिष्ट पार्टी (मार्क्सवादी) (CPI-M) ले नेपालमा जारी GenZ आन्दोलनका क्रममा २० जना युवाको ज्यान गएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ।

पार्टीको पोलिट ब्युरोले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालका युवामाझ बढ्दो असन्तोषलाई सम्बोधन नगर्ने सरकारहरूको असफलताकै कारण आन्दोलन चर्किएको उल्लेख गरिएको छ। "शासक वर्गमा फैलिएको भ्रष्टाचार, बढ्दो बेरोजगारी र रोजगारीका अवसरको कमीले युवालाई सडकमा ल्याएको हो," विज्ञप्तिमा भनिएको छ।



CPI(M) ले विशेषगरी सामाजिक सञ्जाल प्रतिबन्ध पछि सुरु भएको आन्दोलन नेपालमा राजनीतिक अस्थिरता बढेको संकेत भएको भन्दै ध्यान दिन आग्रह गरेको छ। विज्ञप्तिमा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी राजलक्ष्मी चित्रकारमाथि भएको आक्रमणलाई ‘अत्यन्तै निन्दनीय’ भन्दै उनको जीवन रक्षाका लागि प्रार्थना गरिएको छ।

पार्टीले नेपालका युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै संविधानमा स्थापित लोकतान्त्रिक र धर्मनिरपेक्ष मूल्यहरूको रक्षा गर्नुपर्नेमा जोड दिएको छ। साथै, राजावादी तथा प्रतिगामी शक्तिले आन्दोलनलाई दुरुपयोग गर्न नपाउने गरी लोकतान्त्रिक शक्तिहरू सचेत रहनुपर्ने चेतावनी दिएको छ।

"GenZ आन्दोलनको अन्तिम परिणाम लोकतान्त्रिक पुनर्जागरण हुनुपर्छ, सामन्ती अधिनायकवादतर्फ फर्कने होइन," विज्ञप्तिमा भनिएको छ।