Spread the love
Spread the love
जेनजी आन्दोलन दमन गरेको भन्दै अखिलका गण्डकी संयोजकले एमाले छाडे
आफ्नै पार्टी नेतृत्वको सरकारले जेनजी आन्दोलनलाई दमन गरेर दर्जनौ मा*रेको घटनाले आफूलाई गम्भीर रूपले विचलित बनाएको छ।
Spread the love


अनेरास्ववियु गण्डकी प्रदेश संयोजक विश्वदर्शन पराजुलीले नेकपा एमाले छोडेका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी सदस्यता कार्ड सार्वजनिक गर्दै अबदेखि पार्टी होइन, देशका लागि योगदान गर्ने घोषणा गरेका छन्।

उनको भनाइमा, पार्टी नेतृत्वको सरकारले जेनजी आन्दोलनलाई दमन गरेको घटनाले आफूलाई गम्भीर रूपले विचलित बनाएको छ। पराजुलीले लेखेका छन्– "जब पार्टी र सरकार जनताप्रति घात गर्छ, तब कार्यकर्ताले पनि मौन रहन सक्दैन।"

२०६७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय पराजुलीले २०७१ मंसिर १ मा एमाले सदस्यता लिएका थिए। उनले आफ्नो राजनीतिक यात्रामा कुनै व्यक्तिगत लाभ नलिएको र कसैबाट चन्दा समेत नउठाएको स्पष्ट पारेका छन्।

हाल पोखरामा होटल व्यवसाय सञ्चालन गर्दै आएका पराजुलीले अब राजनीतिक दलको कार्यकर्ताभन्दा पनि देश र नागरिकका लागि खटिने प्रतिबद्धता जनाएका छन्।