Like this:

बालेनको वाचा ठूलो, काम शून्य, २ वर्ष देखि सस्तो औषधी पर्खँदै जनता


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई वर्षअघि घोषणा गरेको ‘सुलभ फार्मेसी’ आजसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

२०७९ सालमै २,१६४ प्रकारका औषधि सुपथ मूल्यमा उपलब्ध गराउने, बीमा प्रणालीसँग मिलाएर सर्वसाधारणलाई सहज बनाउने भन्दै बजेटसमेत छुट्याइएको थियो। पाँचवटा प्रमुख स्थानमा फार्मेसी खोल्ने भनिएको थियो—बबरमहल, महाराजगञ्ज, कालीमाटी, वीर अस्पताल र क्षेत्रपाटी।

बबरमहल बाहेक अन्य स्थानमा फार्मेसी खोल्ने तयारी शून्य छ। महानगरले बहाना बनाएको भवन र पूर्वाधार अभावको कारण अब जनताले स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको छ। ‘सस्तो औषधि उपलब्ध गराउँछौं’ भन्दै जनतालाई सपना देखाउने मेयरले अहिले उल्टै निजी फार्मेसी र औषधि दलालको कारोबारलाई बलियो बनाइदिएका छन् भन्ने आरोप उठ्न थालेको छ।

स्वास्थ्य सेवा अझै निजी फार्मेसीकै बोलबाला छ। सरकारी अस्पतालमा बिरामीलाई चाहिने औषधि नपाएर बाहिर धाउनु पर्ने बाध्यता ज्यूँका त्यूँ छ। यसबीचमा मेयर सामाजिक सञ्जालमा उग्र पोस्ट गरेर लोकप्रियता बटुल्न व्यस्त देखिन्छन्, तर जनतालाई सस्तो औषधि उपलब्ध गराउने आफ्नो मूल जिम्मेवारी बेवास्ता गरेको आरोप खेपिरहेका छन्।

विशेषज्ञहरूको भनाइमा, “सुलभ फार्मेसी समयमै सञ्चालन नगरेर महानगरले आम नागरिकलाई महँगो औषधिको बोझ थपेको छ। यो नेतृत्वको असफलता हो।”

जनताले आशा गरेका ‘बालेनको सुलभ फार्मेसी’ अहिलेसम्म नारा मात्र भएको प्रमाणित हुँदैछ।

Like this: