Spread the love
Spread the love
जेनजीको प्रदर्शनलाई मेयर बालेनको पूर्ण समर्थन
#balen
Spread the love

काठमाण्डौ/सामाजिक सञ्जालमा रोक लगाउने निर्णयको विरोधमा काठमाडौंमा भोलि आयोजना हुने प्रदर्शनलाई मेयर बालेन्द्र शाहले समर्थन जनाएका छन्।

उमेर हदका कारण उनी सो प्रदर्शनमा सहभागी हुन सक्दैनन्, तर सहभागी युवाहरूको दृष्टिकोण बुझ्न आवश्यक रहेको भन्दै उनले आफ्नो समर्थन सार्वजनिक गरेका छन्।

बालेनले भने, “भोलिको र्‍याली पूर्णतया स्वस्फूर्त हो। सहभागी अधिकांश २८ वर्ष मुनिका युवाहरू हुन्, म अझै उनीहरूको तुलनामा बुढो देखिन्छु। तर उनीहरूको उद्देश्य, इच्छा र सोच बुझ्न चाहन्छु।”

उनले थपे, “यो र्‍यालीमा कुनै पार्टी, नेता वा अन्य कुनै व्यक्तिले आफ्नै स्वार्थ पुरा गर्न नआओस्। उमेर हदको कारण म उपस्थित हुन सक्दिनँ, तर मेरो पूर्ण समर्थन छ।”