जुनेली मिडिया
भक्तपुर:- कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूको योगदानका बारेमा सवैले प्रचार गर्नुपर्ने बताएका छन्। शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै देउवाले नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको समेत बताएका हुन्।

