Like this:

२ छोरीलाई बिष खुवाएर मार्ने आमा पक्राउ

जुनेली मिडिया

मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा घारी भित्र मृत अवस्थामा फेला परेका २ जना नाबालिकाहरुको हत्या आफ्नै आमाले गरेको स्वीकार गरेकी छिन्।

निर्माणाधीन घरमा पानी लगाउने विषयमा श्रीमान-श्रीमतीविच विवाद भएको थियो । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । अस्मिताले प्रहारी बयानमा भनिन् मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ । अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट अस्वस्थ अवस्थामा पक्राउ गर्न सफल भएको थियो । उनलाई वुधवार प्रहरीले सार्वजनिक गरेको छ ।

3 thoughts on “२ छोरीलाई बिष खुवाएर मार्ने आमा पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Like this: