Like this:

कान्छी पत्नीको उजुरीपछि डा. लेखजंगले अदालतमा गरेका थिए मिलापत्र गरी सम्बन्धविच्छेद
.


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा. लेखजंग थापाको व्यक्तिगत जीवनले अहिले चर्चाको विषय बनेको छ। उनका कान्छी पत्नी नुमा शर्माले दर्ता गरेको मुद्दा पछि अदालतमा मिलापत्र गरी सम्बन्धविच्छेद भएको पुष्टि भएको छ।

अदालतमा दर्ता भएको उजुरी अनुसार, नुमा थापाले २०७९ साल पुस २० गते डा. लेखजंगबाट मानसिक तथा शारीरिक यातना भोग्नु परेको, खानपानको सुविधा नदिइ घरबाट निकालेको, र बाध्य भएर स्वतन्त्र बस्नुपर्ने अवस्था आएको कारणले मुद्दा दर्ता गरेकी थिइन्। उजुरीमा भनिएको छ कि “हामी दुवै जना पत्नीको रूपमा बसेको अवस्थामा पनि विपक्षीले घरको काम व्यवहार नगरी अरूको कुरा सुनेर मलाई बारम्बार गाली गर्ने, खानपानमा दुःख दिने, घरमा बस्न समेत नदिने गरेको हुँदा म बाध्य भई अदालतमा उजुरी दर्ता गर्न बाध्य भएँ।”

उक्त मुद्दा परेपछि डा. लेखजंग र नुमाबीच २०७९ माघ १५ गते अदालतमा मिलापत्र भएको देखिन्छ। मिलापत्रको अभिलेख अनुसार दुवै पक्षले आपसी सहमतिमा सम्बन्धविच्छेद गर्न स्वीकार गरेका थिए। डा. लेखजंगले सार्वजनिक गरेको विवरणमा कतिपय व्यक्तिगत पक्षहरू खुलाइएको छैन।

अदालतमा दर्ता भएको उजुरी अनुसार, उनीहरूको विवाह २०७० सालमा भएको र २०७१ असोज १९ गते छोराको जन्म भएको उल्लेख छ। यस घटनालाई लिएर छिमेकीहरूका अनुसार नुमा कान्छी पत्नी हुन्। कानूनी प्रक्रिया पूरा भएपछि अदालतले लिखित रूपमा सम्बन्धविच्छेदको फैसला जारी गरेको छ।

विशेषज्ञहरूले यस घटनालाई डा. लेखजंगको व्यक्तिगत जीवनमा आएको विवाद मात्र नभई राजनीतिक छविमा पनि प्रभाव पार्ने घटना भएको बताएका छन्। उम्मेदवारको व्यक्तिगत जीवनमा आएका विवादले मतदातामा प्रभाव पार्न सक्ने भएकाले यो मुद्दा चुनाव नजिकिँदै गर्दा विशेष महत्व राख्दछ।

Like this: