Spread the love
Spread the love
परीक्षा दिन अल्छी लागेर बमको हल्ला फैल्याउने विद्यार्थी पक्राउ
प्रहरीको हटलाइन १०० मा फोन गरेर कुलेश्वरस्थित विद्यालयसहित केही स्थानमा बम राखिएको जानकारी दिएका थिए।
Spread the love

काठमाडौंमा परीक्षाबाट जोगिन युवकले प्रहरीलाई बम रहेको भनी गलत जानकारी दिएपछि पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार महोत्तरी घर भई हाल कीर्तिपुर बस्ने ३८ वर्षीय जयरुद्र झालाई शुक्रबार नियन्त्रणमा लिइएको हो। उनले प्रहरीको हटलाइन १०० मा फोन गरेर कुलेश्वरस्थित विद्यालयसहित केही स्थानमा बम राखिएको र दिउँसो ४ बजे विस्फोट हुने जानकारी दिएका थिए।


सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगे पनि केही भेटिएन। त्यतिबेला ती विद्यालय तथा कलेजहरूमा परीक्षा सञ्चालन भइरहेको थियो।

अनुसन्धानका क्रममा झा स्वयं स्नातकोत्तर तहका परीक्षार्थी भएको खुलेको छ। प्रहरीका अनुसार उनले परीक्षा दिन आलस लागेकै कारण गलत सूचना दिएर परीक्षा स्थगित गराउन खोजेका थिए। पक्राउपछि उनले गल्ती स्वीकार गरेका छन्।