Spread the love
Spread the love
प्रधानमन्त्री ओलीको चीन भ्रमण र लिपुलेकलाई लिएर एमालेका नेताहरूले छरेको भ्रम उदाङ्गो
.
Spread the love

काठमाण्डौ/ चीनमा आयोजित एससिओ प्लस शिखर सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री केपी शर्मा ओलीबारे सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोको सत्यता फरक देखिएको छ।



शनिबारदेखि फेसबुक र अन्य प्लेटफर्ममा भाइरल बनेको उक्त भिडिओमा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटमा लिपुलेकको विषय मजबुत रूपमा उठाएको दाबी गरिएको थियो। भिडियोमै "ओलीले भारत–चीनबीच भएको सम्झौताप्रति नेपालको आपत्ति प्रस्ट पारे" भन्ने किसिमको टेक्स्ट राखिएको थियो। एमालेका विभिन्न तहका नेतादेखि पूर्वमन्त्रीसम्मले सो सामग्री सेयर गर्दै प्रचार गरेका थिए।



तर पछिल्लो तथ्यजाँच (फ्याक्ट–चेक) अनुसार भिडियो वास्तविक नभई एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट तयार गरिएको पत्ता लागेको छ। भिडियोमा देखिएको समाचार वाचन र दृश्य मिलाएर प्रविधिमार्फत तयार पारिएको पुष्टि भएको हो।

एआई निर्मित उक्त भिडिओमा वाचिकाले अंग्रेजी भाषामा ओलीले नेपालको सार्वभौमिकताबारे दृढ अडान राखेको भन्दै टिप्पणी गरेको सुनिन्छ। सो अंशलाई नेपालीमा अनुवाद गरी विभिन्न फेसबुक पोस्टमार्फत प्रसार गरिएको थियो।

उक्त सामग्री एमालेसँग आबद्ध युवासँगठनका पूर्वअध्यक्षदेखि सांसद, पूर्वमन्त्रीसम्मका व्यक्तिहरूले प्रचार गरेको देखिन्छ। तर वास्तविकतामा त्यस्तो संवाद वा आधिकारिक भेटवार्तामा लिपुलेकसम्बन्धी अभिव्यक्ति भएको प्रमाण भेटिएको छैन।

यस घटनाले कृत्रिम प्रविधि प्रयोग गरी राजनीतिक प्रचार गर्ने प्रवृत्तिप्रति प्रश्न उठेको छ।