Spread the love
Spread the love
रुपन्देही ३ को उप निर्वाचन माओवादी केन्द्रले जित्छ: प्रचण्ड
प्रचण्डले नेता–कार्यकर्तालाई आगामी निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिएका छन्।
Spread the love


रुपन्देही– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देही- ३ मा माओबादी केन्द्र पार्टी एक्लै चुनाव लड्ने र त्यसमा उत्कृष्ट नतिजा ल्याउने दाबी गरेका छन्।



लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक शनिबार बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता–कार्यकर्तालाई आगामी निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिएका छन्। उनले माओवादी केन्द्रको जितलाई कसैले रोक्न नसक्ने पनि बताएका छन्।


उनले जनताको विश्वास जित्दै पार्टीको सुदृढिकरणमा सबै नेता–कार्यकर्तालाई सक्रिय हुनुपर्ने जोड दिएका छन्। अध्यक्ष प्रचण्डले पार्टीको दृष्टिकोण र रणनीतिलाई सबै क्षेत्रमा प्रभावकारी बनाउने प्रतिबद्धता पनि दोहोर्याए।

पार्टीभित्र आन्तरिक एकता कायम गर्दै जनता माझको विश्वासलाई बलियो बनाउँदै माओवादी केन्द्र आगामी निर्वाचनमा प्रमुख शक्ति बन्ने लक्ष्यतर्फ अग्रसर रहेको छ।