Spread the love
Spread the love
विदेशमा श्रीमानको मृत्युको खबर सुनेपछि पत्नीको पनि निधन
Spread the love

धनकुटा । वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगरको करिब १० दिनअघि विषाक्त मदिरा सेवनका कारण निधन भएको छ।



विदेशमा रहेका श्रीमानको मृत्युको खबर नेपालमा रहेका परिवारले सुनेलगत्तै उनकी पत्नी विद्या आत्तिएर बेहोस भएकी थिइन्। स्वास्थ्यमा समस्या बढ्दै गएपछि उपचारकै क्रममा तीन दिनपछि विद्याको पनि निधन भएको स्थानीयले जनाएका छन्।

श्रीमान–श्रीमती दुवै गुमेपछि उनीहरूका तीन छोरी विचल्लीमा परेका छन्। हाल १७ र १६ वर्षीया जेठी र माइली छोरी कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी छोरीको उमेर दुई वर्ष मात्रै भएको छ।

परिवारको मुख्य कमाउने सदस्य गुमेपछि उनीहरू आर्थिक संकटमा परेका छन्। छोरीहरूको पढाइ–पालनपोषणका लागि स्थानीयस्तरमै सहयोग संकलन सुरु गरिएको छ।