Spread the love
Spread the love
यस वर्षको दशैंमा नयाँ नोट साट्न नपाइने
Spread the love

काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगरी, सुकिला नोट मात्र साट्ने निर्णय गरेको छ। मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार बजारमा प्रयोग भई बैंकमा फर्किएका पर्याप्त नोट भएकाले नयाँ नोट आवश्यक नपर्ने भएको हो। तर, ५ रुपैयाँ दरका नोट भने नयाँ नै साट्न पाइने व्यवस्था गरिएको छ।



राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँसम्म सुकिला नोट साट्न सक्नेछन्। यसका लागि थापाथलीस्थित राष्ट्र बैंकको बैंकिङ कार्यालय, सातै प्रदेशका प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूमा सुविधा उपलब्ध हुनेछ।

गत वर्षको दशैंमा पनि यही व्यवस्था अपनाइएको थियो र यस वर्ष पनि त्यसै अनुसार सुकिला नोट सटही प्रक्रिया जारी रहने राष्ट्र बैंकले जनाएको छ।