Spread the love
Spread the love
राजेन्द्र लिङ्देनलाई केपी ओलीको चुनौती: ०७९ मा हामीले जिताएका थियौं अव जितेको हेरौंला
Spread the love

काठमाडौं, – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन परिणामबारे प्रश्न उठाएका छन्। बुधबार साँझ बालुवाटारमा पार्टीका बागमती प्रदेशका अगुवा नेता–कार्यकर्तासँगको छलफलमा ओलीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा लिङ्देन एमालेको सहयोगमा विजयी भएको दाबी गरे।

राजेन्द्र लिङ्देनले अब झापामा जितेको हेरौं न, हिजो पो हामीले सहयोग गरेका थियौं,” ओलीको भनाइ उद्धृत गर्दै एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले भने।२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। उनले ४० हजार ६६२ मत ल्याएर विजयी भएका थिए। सो क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाएको थिएन। त्यतिबेला ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए र ५२ हजार ३१९ मतसहित विजयी भएका थिए।छलफलमा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा आफूले पुर्‍याएको दाबी पनि गरे।

साथै उनले एमालेले राष्ट्रियताको नाममा राजनीति नगर्ने स्पष्ट पारे।यस अवसरमा ओलीले आफ्नो नेतृत्वको सरकारविरुद्ध अदालतमार्फत् अवरोध गर्ने प्रयास भइरहेको समेत बताए। सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। ओलीको अभिव्यक्ति सोही विवादसँग जोडिएको देखिन्छ।